बागलुङ नगरपालिकामा श्रेष्ठको झण्डै दोब्बर मतको अग्रता

-


     हिडन खबर    
     जेठ २ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुख पदमा माओवादीका राजु खड्काले अग्रता फराकिलो बनाएका छन् । प्रमुखमा बसन्त कुमार श्रेष्ठले एमाले उम्मेदवार जनकराज पौडेलसँग २ हजार ७ सय ८६ मत अन्तरले अग्रता बनाएका हुन् । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका राजु खड्काले राप्रपाका संजय खड्का सँग २ हजार ४ सय १८ मतले अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार गठवन्धनबाट प्रमुखका उम्मेदवार श्रेष्ठले ५ हजार ७ सय ६२ मत प्राप्त गरेका छन् । एमाले राप्रपाबाट मेयरका उम्मेदवार जनकराज पौडेलले २ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा गठवन्धनका राजु खड्काले ५ हजार २५० मत प्राप्त गरेका छन् । एमाले राप्रपाबाट उपमेयरको उम्मेदवार संजय खड्काले २ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।