
बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त गठबन्धनले २ वडामा पुरै प्यानल नै विजयी भएको छ ।
पालिकाको १० नम्बर वडामा गठबन्धनको तर्फबाट अध्यक्षमा बिरेन्द्र कुमार बुढा निर्वाचित भएका छन् ।
निर्वाचित बुढाले नेकपा एमालेकाे तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुठासिंह बुढालाई २१३ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
पाँच दलीय गठवन्धनको तर्फबाट वडा अध्यक्षमा निर्वाचित बिरेन्द्र बुढाले ७ सय ७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पुठासिंह बुढाले ५६१ मत प्राप्त गरेका थिए ।
गाउँपालिकाको १० नम्बर वडामा बुढा सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।
रोचक कुरा त के छ भने वडा अध्यक्षमा निर्वाचित भएका बुढाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा १ मतान्तरले विजयी भएका थिए । २०७४ र २०७९ सालको निर्वाचन वडा अध्यक्षका प्रतिस्पर्धी दुवैजना दोहोरिएका थिए ।
२०७४ सालको निर्वाचनमा १ मतान्तले विजयी भएका बिरेन्द्र ५ वर्ष वडाको नेतृत्व गर्दै पुन २१३ मतान्तर सहित थप ५ वर्षका लागि निर्वाचित भएका हुन ।









