बागलुङ नगरपालिकामा श्रेष्ठको अग्रता कायमै

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले अग्रता कायम राखेका छन् ।

शनिबार अपरान्नदेखि सुरु भएको मत गणनामा ३ सय मत गन्दा श्रेष्ठले १ सय ७१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार जनकराज पौडेलले ८५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राज् खड्काले १ सय ४३ मत ल्याएका छन् भने संजय खड्काले ७१ मत पाएका छन् ।अहिले बागलुङ नगरपालिका वडा नम्वर १ र १४ को मतगणना भैरहेको छ ।