
गलकोट नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।
६ सय १० मत गणना गर्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले २६९ मत ल्याएका छन् ।
यस्तै पूर्णबहादुर काउचा (सुर्य) १०५, स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा (मुढा) ९९, हलोमा १ र गुलाव फुलमा २ मत प्राप्त भएको छ । उपमेयरमा गठबन्धनका फमलाल निउरे (हँसिया हथौडा) २४४, रुपा विक (सुर्य) १२०, तिलक उप्रेती (मुढा) ४२ प्राप्त भएकाे गलकोट नगरपालिका निर्वाचन अधिकृत नेत्र प्रसाद भुसालले जनाएको दिनुभएको छ ।









