बागलुङकाे १० वटा स्थानीय तहमा ५५ प्रतिशत मत खस्याे

-


     हिडन खबर    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म भएको मतदानमा ५५ प्रतिशत मत खसालेकाे मुख्य निर्वाचन अधिकृत बासुदेव न्याैपानेले बताउनुभयो ।

बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमिनी नगरपालिका र ढाेरपाटन नगरपालिका बडीगाड गाउँपालिका ,
काठेखाेला गाउँपालिका ,ताराखाेला गाउँपालिका ,तमानखाेला गाउँपालिका ,निसीखाेला गाउँपालिका ,र बरेङ गाउँ पालिकामा
शुक्रबार बिहान ७/१५ बजेदेखि शुरूवात भएको मतदानमा दिउँसोसम्म 55 प्रतिशत मतदान भएको न्याैपानेले बताउनुभयो ।
सदरमुकाममा भन्दा ग्रामीण क्षेत्रमा मतदान गर्ने मतदाता केही उत्साहित भएको देखिन्थे ।नयाँ मतदाता परिचयपत्र बनाएका मतदाता धेरै जसाे बिदेश गइसकेको कारणले परिचयपत्र समेत मतदान स्थलमा अलपत्र परेको छ देखिन्थ्यो ।

निर्वाचनकाे लागि सवारीसाधन बन्द गर्दा टाढाटाढा बाट मतदान स्थलसम्म पुग्न जेष्ठ नागरिक अशक्त अपांगलाई भने कठिनाइ भएको गुनासो स्थानीयले गरेका थिए ।

बागलुङ जिल्लाका अधिकांश पालिकामा ५ दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच निर्वाचन भएकोले जिल्लामा झडपका घटना भने निकै कम भएको देखिएको जिल्लाका राजनीतिदलको भनाइ रहेको छ ।

५ बजेसम्म मतदान गर्ने ब्यबस्था भएको हुदा मतदान लगत्तै मतपेटिका सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइ पुर्‍याउने ब्यबस्था गरिएको छ ।