
स्थानीय तहमा नयाँ जनप्रतिनिधि छान्नको लागि बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा बिहान ७ बजेदेखि निर्वाचन शुरू भएको छ ।
बागलुङ सदरमुकाममा रहेको साबिकको धौलागिरिकै सबैभन्दा जेठो बागलुङ नगरपालिकामा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया शुरू भएको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।
बागलुङ नगरपालिकाका नगर प्रमुखका उमेदवार बसन्त कुमार श्रेष्ठको मतदाता नामवली भएको वडा नम्बर २ को बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रबाट मत खसालेर शुभारम्भ गरेका थिए । यस्तै अर्का मेयरका उम्मेदवार जनकराज पौडेलले सरस्वती सामुदायिक भवन मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन् ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि छान्नको लागि फोटो सहितको मतदाता सुचिमा नाम भएका मतदाता निर्वाचनमा भोट हाल्न लाइन लागेका छन् ।
बागलुङका १० स्थानिय तहमा ८२ वडाका १ सय ३ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । बागलुङका विभिन्न पालिकाबाट १ लाख ९५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
बागलुङमा ५ दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच मुख्य प्रतिशपर्धा हुने देखिएको छ ।













