
शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा बागलुङको एक मतदान केन्द्रको २ वटै वुथमा महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने जिम्मेवारी दिएको छ ।
बागलुङका १० स्थानिय तहका ८२ वटा वडा मध्य सदरमुकाममा रहेको सवै भन्दा शक्तिशालि वडाको रुपमा रहेको वडा नम्वर २ को बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रमा महिला निर्वाचन अधिकृतलाई निर्वाचनको जिम्मेवारी दिइएको छ । केन्द्र क मा मदतान अधिककृतको रुपमा लोकसेवा कार्यलय बागलुङका कार्यलय प्रमुख खिमाकुमारी शर्मा र एक जना सहायक कर्मचारी महिलालाई खटाइएको छ भने ख केन्द्रमा घरेलु तथा साना उद्योग कार्यलय बागलुङका प्रमुख गोमा रिजाल र सहायक निर्वाचान अधिकृतको रुपमा कविता शर्मा लाई खटाइएको छ ।
रिजाल र शर्मासँगै एक जना सहायक कर्मचारी पनि महिला खटाइएको छ । केन्द्रमा ५ महिला सहित ७ जना कर्मचारी निर्वाचनमा खटिएको छन् । केन्द्रमा १ महिला सहित ४ सुरक्षाकर्मी २ महिला सहित २ म्यादी प्रहरी खटाइएको छ ।
बागलुङ नगरपालिका २ स्थित बालमन्दिर आधारभुत विद्यालयको मतदान केन्द्र नमुनाको रूपमा अधिकांस महिला कर्मचारीबाट सञ्चालन गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्योपानेले बताउनु भयो ।
महिलाको नेतृत्वमा सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनु भयो ।
बागलुङ नगरपालिका वडा नम्बर २ बाट नगर प्रमुखका उमेदवार भएको वडा हुनुका साथै जिल्ला सदरमुकामको केन्द्र बिन्दु भएको कारणले पनि यसपटकको निर्वाचनमा राम्रो मत खस्ने अनुमान गरिएको छ । उक्त मतदान केन्द्रमा १ हजार ७ सय ८७ जना मतदाता रहेका छन् । केन्द्रमा प्ुरुष भन्दा १ सय ५१ महिला मतदाता बढि रहेका छन् ।









