
बागलुङको सवै भन्दा जेठो नगरपालिका बागलुङ नगरपालिकामा शुक्तबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बागलुङ सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान अधिकृत पुगेर मतदानको सबै तयारी पूरा गरेका हुन् । बागलुङ नगरपालिका वडा नम्बर २ बालमन्दिर मतदान केन्द्रमा बैशाख ३० गते हुने निर्वाचनमा मतदाताले सहजरूपमा मतदान गराउनको लागि सबै खालको तयारी पूरा भएको मतदान अधिकृत गोमा रिजालले बताउनुभयो ।
सदरमुकाममा रहेको बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रमा दुई जना महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने
जिम्मेवारी दिएको छ । मतदान केन्द्र (क) मा खिमा कुमारी पोखरेल र (ख)मा गोमा रिजाल लाई निर्वाचन गराउने जिम्मेवारी दिएको छ ।उक्त मतदान केन्द्रमा प्रहरी जवान ४ जना म्यादी प्रहरी ७ जना कर्मचारी १० जना र स्वयंसेवक ६ जना खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ बाट नगर प्रमुखका उमेदवार भएको वडा हुनुका साथै जिल्ला सदरमुकामको केन्द्र बिन्दु भएको कारणले पनि यसपटकको निर्वाचनमा राम्रो मत खस्ने अनुमान गरिएको छ ।
यस्तै बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा केन्द्रमा पनि निर्वाचनको तयारी पूरा भएको छ ।३० गते पानी पर्ने मौसम बिदको भबिस्यबाणीको कारण त्यसको समेत प्रवन्ध मिलाएको निर्वाचन अधिकृत दयाराम पोखरेलले बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ जिल्ला प्रशासन कार्यालय बाहिर हुने मतदानको लागि मतदान अधिकृतले सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
बागलुङ नगरपालिकाको १४ वटा वडा मै निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृत ,कर्मचारी ,प्रहरी,म्यादी प्रहरी ,र स्वयंसेवक मतपेटिका मतपत्र लगायतका सामाग्री लिएर पुगिसकेका छन् ।









