
। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको बागलुङमा सवै तयारी पुरा भएको छ ।
बागलुङका जिल्लाका १० वटै स्थानिय तहमा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटिइ सर्वललिय वैठक वसेर प्रतेक मतदान केन्द्रमा काम अगाढी वढाएको जनाईएको छ । मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवारबाट मतदाता परिचयपत्र वितरण समेत थालेका छन् ।

मंगलबार राति १२ बजेदेखि शून्य समय सुरु भएकाले दलहरुले आफ्ना प्रचारका काम रोकेका छन् । जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सवै तयारी पुगेको हो । जिल्लाभरको अवस्था, कर्मचारी र सुरक्षाकर्मीको खटनपटन, सम्भावित जोखिम, सुरक्षा चुनौती तथा मतदातालाई सुरक्षित हिसाबले मतदान गर्ने वातावरण सुजना भएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो । बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । जिल्लाका १० वटै स्थानिय तहका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको र मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनु भयो ।

निर्वाचनमा हुँन सक्ने अवान्छित क्रिर्याकलापहरुलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाईएको छ ।
निर्वाचनका लागि बागलुङमा दुई हजार कर्मचारी र दुई हजार ५ सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बागलुङका दश स्थानीय तहका १ सय ३ मतदान केन्द्रमा जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनिती अनुसार सुरक्षाकर्मीहरु निर्वाचन क्षेत्रमा परिचालन भैसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताउनु भयो ।
निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाभर रहेका दश स्थानीय तहमा १ सय ३ मतदान स्थलमा एक हजार ८ सय ४० जना कर्मचारी परिचालन भएका छन् । २ सय ३० मतदान स्थलमा २ सय ३० जना मतदान अधिकृत, २ सय ३० जना सहायक मतदान अधिकृत खटिएका छन् । जिल्लाभर १ लाख ९३ हजार ७ सय २५ जना मतदाता रहेका छन् ।









