
बागलुङ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन ३ बाकी रहदै गर्दा यसपटक निर्वाचनले खासै गतिलिन सकेको देखिएको छैन । निर्वाचन नजिकिँदै गर्दा स्थानीय तहकाे नगर प्रमुख ,उप प्रमुखमा पदमा जति धेरै महिला उमेदवार बन्नुपर्ने थियोे यसपटकको गठबन्धनका कारण धेरै कममात्रामा उमेदवार बनेको देखिन्छ ।
बागलुङ नगरपालिका भित्र नगर प्रमुखमा नेपाली कांग्रेस बीपी बाट धना आचार्य र नेकपा मालेका मन्जु क्षेत्रीले उमेदवारी दिनुभएको छ भने उप प्रमुखमा स्वतन्त्र रूपमा तारा कुमारी रिजालले उमेदवारी दिनुभएकाे छ । यस्तै जैमिनी नगरपालिकामा एमाले बाट उषा पाैडलले नगर उप प्रमुखमा गण्डकी अधिकारी थापाले बडीगाड गाउँपालिकाकाे अध्यक्षमा र तमानखाेला गाउँपालिकामा माआेवादी केन्द्रका निसु बिश्वकर्माले उपाध्यक्षमा उमेदवारी दिएका सबै चुनावी अभियानमा हिडेर फर्किएका छन् ।
बडीगाड गाउँपालिकामा अध्यक्षपदमा उमेदवार बन्नुभएका गण्डकी अधिकारी थापा गठबन्धनकाे तर्फबाट निर्वाचनमा
अगाडि बढेका छन् ।गत स्थानीय तहमा भाेगेकाे पराजय यसपटक बिजय भएर देखाउन लागि परेको यसपटक गठबन्धन मजबुत भएको हुदा निर्वाचनमा सफलता मिल्ने थापाले शिडन खबर लाई बताउनुभयो ।
महिलालाई अगाडि ल्याउनकाे लागि महिलाको भुमिका महत्त्वपूर्ण हुन्छ यो कुरामा महिला दिदीबहिनीले मनन गर्न जरुरी छ बागलुङ नगरपालिका भित्र मतदाता समेत महिला नै बढी भएको कारणले पनि अब बिचार गर्ने बेला आएको बागलुङ नगरपालिकाका नगर प्रमुखका उमेदवार धना आचार्यले हिडन खबर लाई बताउनुभयो ।
बैशाख ३० नजिकिँदै गर्दा यसपटक पनि महिलालाई जनप्रतिनिधि बनाउने राजनीति पार्टीको नारा नारामै सिमित भएको महिला अधिकारकर्मिकाे भनाइ छ ।अहिले गठबन्धनकाे नाममा महिलाहरू अन्यायमा परेको महिला उठ्नु पर्ने ठाउँमा समेत पुरूष उमेरवार उठाएकाे स्थानीय महिलाहरूले हिडन खबर लाई बताउनुभयो ।









