
निर्वाचनमा ५ जना प्रतिस्पर्धा मैदानमा राेचक भिडन्त
बैशाख ३० गतेकाे स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचनको राैनक तिब्र गतिले अगाडि बढिरहेको छ ।
बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा बजारको मुख्य केन्द्र लालीगुराँस चाेक देखि मध्यपहाडी लाेकमार्गकाे खहरे सम्मकाे भुभाग आेगटेकाे वडामा यसपटक गठबन्धन दलबाट नेपाली कांग्रेसका उमेदवार लक्ष्मण केसी शनि ,नेकपा एमाले राप्रपा गठबन्धनबाट एमालेका उमेदवार कमल खड्का एकीकृत समाजवादी बाट पिंगल राज गाैतम र स्वतन्त्र बाट पुनम प्रसाद शर्मा र बाबुलाल शाक्य चुनावी प्रतिस्पर्धामा उत्रिएर मतदाताको घर घरमा मत माग्न हिडिरहेका छन् ।
४५२७ मतदाता रहेको ३ नम्बर वडा यतिबेला सबैको नजर परेको छ ।माआेवादी केन्द्रले भागबन्डामा ३ नम्बर वडा नपाए पछि बाबुलाल शाक्यले स्वतन्त्र रूपमा उमेदवार बनी मुढा चिन्ह लिएर चुनावी अभियान लागेका छन् ।जनताको घर दैलाेमा पुग्दा सबैको सहानुभूति आफुलाई पाएकाे हुदा आफू निश्चितरूपमा निर्वाचन जित्ने कुरामा विश्वस्त रहेको स्वतन्त्र उमेदवार बाबुलाल शाक्यले हिडन खबर लाई बताउनुभयो ।
एमाले पार्टीले वडाकाे टिकट नदिएपछि पार्टीकाे सबै तह र तप्काबाट राजीनामा दिएर स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका
पुनम प्रसाद शर्माको चुनावी अभियान अरूको भन्दा फरक र पिर्थक रहेको देखिन्छ । शर्माले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गर्दाको दिनदेखि नै मतदाताकाे ध्यानाकर्षण गराउन सफल भएको देखिन्छ ।भुइकटर चुनाव चिन्ह पाएका शर्माको चुनावी खटाइ र प्रत्येक मतदाता लाई भेट्ने नयाँ शैलीका कारण अहिले बजारमा शर्माकाे चर्चा चलेको देखिन्छ ।शर्माले बैशाख ३० गतेको चुनावी नतिजा आफ्नो पक्षमा आउने कुरामा विश्वस्त रहेको हिडन खबर लाई बताउनुभयो ।
एमाले राप्रपा गठबन्धनका वडा अध्यक्षका उमेदवार कमल खड्का वडा नम्बर ३ मा एमालेकाे राम्रो जनआधार हुनुका साथै ५ बर्षसम्म स्थानीय तहमा जनताको पक्षमा धेरै काम गरेको कारणले पनि निर्वाचन आफुले जित्ने कुरामा ढुक्क रहेको खड्काले हिडन खबरलाइ बताउनुभयो ।
यस्तै एकीकृत समाजवादी बाट कलम चिन्ह लिएर निर्वाचनमा हाेमिएका पिंगलराज गाैतम आफ्नो जनाधार राम्रो भएकोले नतिजा आफ्नो पक्षमा आउने हिडन खबरलाइ बताउनुभयो ।
यस्तै गठबन्धन दलबाट उमेदवार बनेका नेपाली कांग्रेसका उमेदवार लक्ष्मण केसी सनीले अहिलेकाे स्थानीय निर्वाचनमा गठबन्धन दलको राम्रो जनमत भएको वडा भएको कारणले पनि आफ्नो जित सुनिश्चित भएको हिडन खबर लाइ बताउनुभयो ।









