तमानखाेलामा त्रिपक्षीय भिडन्त

-


     हिडन खबर    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


बागलुङ ।जिल्लाकाे पश्चिम तमानखाेला गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन नभएपछि त्रिपक्षीय भिडन्त हुन देखिएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार जाेकलाल बुढा ,माआ‌ेवादी केन्द्रका देवबहादुर पुन र जनता समाजवादीका हिमाल खत्री चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसका हिराकुमारी छन्त्याल ,माआ‌ेवादीका निसु रसाइली र एमालेका देवेन्द्र छन्त्याल ,चुनावी मैदानमा खडा भएका छन् । निर्वाचन प्रचारप्रसारकाे अन्तिम दिन आइपुग्दा सबै राजनीति दलले आफ्नो चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुर्याइ सकेका छन् ।

७ हजार ७ सय ८८ मतदाता रहेको तमान खाेलामा ६ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र रहेको पालिकामा यसपटक नया मतदाता १७९७ थपिएका छन् । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका जाेकलाल बुढाले निर्वाचन जितेको यश क्षेत्रमा यसपटक फेरि नेपाली कांग्रेस बाट पुन जाेकलाल बुढाले उमेदवारी दिनुभएको छ । बैशाख ३० गते हुने निर्वाचन निकै राेचक र प्रतिस्पर्धा हुने देखिन्छ ।