निसीखाेलामा सुर्य घर्ती र भुमिराज बिच प्रतिस्पर्धा

-


     हिडन खबर    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


बागलुङ ।जिल्ला पश्चिम निसिखाेला गाउँपालिकामा बैशाख ३० गते हुने निर्वाचन राेचक र प्रतिस्पर्धात्मक हुने भएको छ ।अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेस बाट सुर्यबहादुर घर्ती र एमाले बाट भुमिराज घर्ती मगर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक कांग्रेस ,माआ‌ेवादी केन्द्र ,र राजमाे बिच गठबन्धन गरेर चुनावी अभियानमा लागेका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धन बाट माआ‌ेवादी केन्द्रका प्रेमबहादुर घर्ती मगर र एमाले बाट भाेटु चन्द चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले बैशाख २७ गते राति १२ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने भएकाे हुदा तिब्रगतिमा घर दैलाे अभियान गरिरहेका छन् । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तारानाथ पाैडेलले जित हासिल गरेको क्षेत्र भएको हुदा यसपटक पनि गठबन्धन भएको कारणले नतिजा आफ्नो पक्षमा आउने अपेक्षा गठबन्धन दलले गरेको छ ।

१५ हजार ९ सय १८ मतदाता रहेको निसीखाेला गाउँपालिकामा मतदान स्थल ७ वटा १९ वटा मतदान केन्द्र रहेकोमा यसपटक नयाँ मतदाता ३ हजार ५ सय ७३ जना थप भएका छन् । ७ वटा वडा भएको निसीमा राजमाेले एउटा वडा ,माआ‌ेवादी केन्द्रले १ वटा वडा र बाकी ५ वटा वडा भने नेपाली कांग्रेसले गठबन्धनमा बाडफाड गरेकाे माआ‌ेवादी केन्द्रका एक नेताले हिडन खबर लाई बताउनुभयाे ।