
काठमाडौं । साउन २६
नेपाली युवा उद्यमी मञ्च (NYEF) को २३औँ वार्षिक साधारणसभा काठमाडौंस्थित द सोल्टी होटलमा सम्पन्न भएको छ।
देशभरबाट सहभागी मञ्चका सदस्य, विभिन्न च्याप्टरका प्रतिनिधि, पूर्वअध्यक्ष, विशिष्ट अतिथि तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०२६/२७ का लागि आभूषण ज्योति कंसाकारको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्यकारी परिषद् (National Governing Council) निर्विरोध चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष कंसाकार ई–कमर्स कम्पनी ‘जीवी’ (Jeevee) का संस्थापक अध्यक्ष तथा देवज्योति ग्रुपका अध्यक्ष हुन्। देवज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा रहेका छन्।
साधारणसभाबाट मञ्चको आगामी कार्यकालका लागि अध्यक्षसहित पदाधिकारी तथा कार्यकारी सदस्यहरू निर्विरोध चयन भएका छन्।
नयाँ राष्ट्रिय कार्यकारी परिषद्
अध्यक्ष: आभूषण ज्योति कंसाकारनिवर्तमान अध्यक्ष: सुदीप घिमिरेप्रथम उपाध्यक्ष: निविता प्रधानद्वितीय उपाध्यक्ष: कृष्ण सापकोटा
कार्यकारी सदस्यहरू:पविन्द्रबहादुर गौतम, रिचा श्रेष्ठ, सुबिन श्रेष्ठ, बिलाशा श्रेष्ठ, अभिमन्यु गोल्छा, तर्कराज भट्ट, दीपिका उपाध्याय सुवेदी, डा. सोनु कुमार र एन्बिस रञ्जित।
नयाँ नेतृत्वले नेपाली युवा उद्यमीलाई थप प्रोत्साहन गर्दै उद्यमशीलता विकास, युवा उद्यमीबीच सहकार्य तथा देशभर उद्यमशील वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।










