
काठमाडौं, साउन २६ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल ले सामाजिक तथा मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै तारकेश्वरस्थित साहारा इन्टरनेसनल चिल्ड्रेन होम मा आश्रित बालबालिकासँग जन्मदिन मनाएको छ।

क्लबका सदस्य दिपेश भट्टको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा आश्रयगृहमा रहेका ११ जना बालबालिकासँग केक काटी खुसी साटासाट गरिएको थियो। बालबालिकाको सहभागितामा आत्मीय वातावरणमा जन्मदिन मनाउँदै उनीहरूलाई खुसी बाँड्ने प्रयास गरिएको क्लबले जनाएको छ।

सोही अवसरमा ‘हङ्गर रिलिफ’ कार्यक्रमअन्तर्गत दिपेश भट्टका अभिभावक लायन इन्द्र भट्ट र सम्झना शर्माले बालगृहका बालबालिकाका लागि बेलुकाको भोजन तथा खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो।

कार्यक्रममा क्लब अध्यक्ष लायन रुपेश रोकाहा, डिस्ट्रिक्ट ३२५ केका द्वितीय उप–डिस्ट्रिक्ट गभर्नर (2nd VDG) लायन हसन गोपाली, सचिव लायन गणेश जिसी, मिसन १.५ प्रमुख लायन महाप्रसाद पाण्डे, एड्मिनिस्ट्रेसन प्रमुख लायन राजन काप्री, ग्लोबल कज प्रमुख लायन इन्द्र भट्ट, रिजन चेयरपर्सन लायन किरण थापा, जोन चेयरपर्सन लायन नेत्र पोखरेल, क्लब सचिव लायन पुष्पाञ्जली वाग्ले, लायन भीम दाहाललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, लियो क्लब अफ मनास्लु गणेश हिमालका अध्यक्ष लियो कृजन बानियाँ, उपाध्यक्ष लियो तानिया परियार, लियो दिपिका कडेल, लियो ऋतिस्मा काप्रीलगायत लियो सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

बालबालिकासँग बिताएको समय अत्यन्त भावनात्मक र स्मरणीय बनेको सहभागीहरूले बताएका छन्। लायन्स क्लबले सेवा भनेको केवल भौतिक सहयोग मात्र नभई मानवीय संवेदना, आत्मीयता र खुसी बाँड्ने माध्यम भएको उल्लेख गरेको छ।


कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा साहारा इन्टरनेसनल चिल्ड्रेन होमका संरक्षक बालकृष्ण बराल दम्पतीप्रति क्लबले आभार व्यक्त गरेको छ।










