बागलुङमा लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम

-


     हिडन खबर    
     असार १७ गते २०८३ मा प्रकाशित


सामाजिक सेवामा सक्रिय दुई लायन्स क्लबले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गरेर अस्पतालमा उपचारको लागि आउने विरामीकाे लागि रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गतको साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको 2हो।

बागलुङको अस्पताल रोडस्थित रक्तसञ्चार केन्द्रमा आयोजना गरिएकाेआयोजक रक्तदान बाट धाैलागिरि अस्पताल बागलुङमा उपचार गर्न आउने विरामीलाइ
उपचारमा सहयोग हुने लायन्स क्लबले जनाएको छ ।

मानव जीवन बचाउने उद्देश्यले सञ्चालन गरिएकाे उक्त कार्यक्रममार्फत रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

आयोजक क्लबहरूले स्वस्थ नागरिकहरूलाई रक्तदान कार्यक्रममा सहभागी भई मानव सेवाको पुण्य कार्यमा योगदान गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए।

लायन्स क्लबहरूले विगतदेखि नै रक्तदान, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

रक्तदान जीवनदान भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने रक्तदाताहरूलाइ सधन्यवाद प्रमाणपत्र प्रदान गरिएको थियो ।