
बागलुङ, असार ९
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत धौलागिरि क्षेत्रका लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ आज बागलुङमा सम्पन्न भयो ।

लायन्स वर्ष २०२६–२०२७ का लागि आयोजना गरिएको उक्त कार्यक्रम होटल पीस प्यालेस, बागलुङमा
कार्यक्रममा धौलागिरि क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेकाे थियोे ।
‘Leading With Purpose’ भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममा लायन्सको संगठनात्मक संरचना, नेतृत्व विकास, सेवा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार तथा क्लब व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएकाे लायन्स डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारीले बताए ।

नयाँ कार्यकालका पदाधिकारीहरूलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसबाट क्लबहरूको कार्यसम्पादन थप प्रभावकारी बन्नुका साथै समुदायमा लायन्सका सेवामूलक गतिविधिहरूलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको लायन्स इन्टरनेशनल ३२५ के नेपालका पुर्व गभर्नर बालकृष्ण बुर्लाकाेटीले बताए ।

लायन्स इन्टरनेशनलले विश्वव्यापी रूपमा मानव सेवा, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। धौलागिरि क्षेत्रमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा लायन्स क्लबहरू सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ के डिस्ट्रिक ३२५ के का भाइस डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल ,
दृतीय भाइस गभर्नर हसन कुमार गाेपाली ,लायन्स लिडर काजीमान गुरूङले आआफ्नो धारणा राख्नुभएको थियोे ।कार्यक्रम संचालन लायन्स डिस्ट्रिक सेक्रेटेरी गणेश जीसिले गर्नुभएको थियोे ।
कार्यक्रममा डिष्ट्रिक्टका पदाधिकारी, क्षेत्रीय नेतृत्व तथा धाैलागिरिका २२ वटा क्लबका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेकाे थियो ।












