नागरिकता र राहदानी बनाउने सेवाग्राहीले दुख पाउन थाले?

-


     हिडन खबर    
     वैशाख २२ गते २०७९ मा प्रकाशित


शुक्रबार दिउँसो ३ बजेदेखि एकहप्ताकाे लागि अनलाइन खुला

बागलुङ ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा चाैतर्फि रूपमा गुन्जिरहेकाे समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केही महिना यता नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिबेला बागलुङकाे सबै राजनीति दललाई स्थानीय तहको निर्वाचन लागिएको बेला सेवा ग्राही भने मर्कामा परेको गुनासो गरिरहेका छन् ।

गाउँ गाउँ देखि नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउनकाे लागि प्रशासन कार्यालयमा आउदा सेवाग्राहीले सहजरूपमा सेवा पाउनु पर्नेमा नपाएको गुनासो सामाजिक संजालमा समेत आउदा समेत सराेकारवाला निकायकाे ध्यान जान सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय बागलुङ मा सेवाग्राहीलाई गर्ने ब्याबहार प्रती गुनासो धेरै भयको छ र स्वयम् म आफै ले पनि पटक पटक भोग्नुपरेको छ ।कार्यलय मा नागरिकताको लागी 4 दिन सम्म धाउनुपर्ने चाहिने कागपत्र यकै पटक मा नभन्दिने र सेवाग्राही लाई दुख दिने गरेकोले सम्बन्धित निकायको ध्यानाकर्षण पुर्याउनु पर्ने देखिन्छ ।भनेर सावित्री शर्माले आफ्नो फेसबुकमा जिल्ला प्रशासन कार्यालय बागलुङ लाई मेन्सन गरेर लेख्नुभएको छ ।

यस्तै बागलुङ नगरपालिकाका बेनिप पाठकले सामाजिक संजाल फेस बुकमा जिल्ला प्रशासन कार्यालयकाे कारणले जनताले पाएकाे दुखलाई झल्काउने प्रयास गर्नुभएको छ ।

अहिलेको राज्य ब्यवस्था त्यसै माथी सरकारी कर्मचारी अझ बाग्लुङ जिल्लाका कुरै नगरौ। नागरिकता, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र अनि चरम सिन्डिकेट लागू भएको इपासपोर्ट यी कुरामा कहिले सुधार आउला र जनताले कहिले राहत पाउलान? कोहि जानकार भए बताइदिनु न कमसेकम दुरदराज बाट आउने सेवा ग्राहिले दुख त पाउने थिएनन भनेर सामाजिक संजाल फेस बुकमा बागलुङका बेनिप पाठकले लेख्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा इ पासपोर्ट अनलाइन बाट भर्ने सवालमा सेण्डिकेट भएको गुनासो आएको बारे कुनै सत्यता नभएको सुचना अधिकारी गणेश पाैडेलले हिडन खबर लाई बताउनुभयो ।ई -पासपोर्ट अनलाइन बाट भर्ने भएको हुदा यसमा सेण्डिकेट हुने ठाउँ नभएको पाैडेलले बताउनुभयो । नागरिकता लगायतका काममा आउने सेवाग्राहीले आवश्यक कागजात पूरा नल्याएको कारणले कतिपय बेला समस्या देखिन आएको पाैडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बागलुङकाे लागि इ -पासपोर्ट दैनिक २८ वटाकाे फम भर्न मिल्ने मिल्ने ब्यवस्था भएको हुदा त्यहीँ अनुसार सर्वसाधारणले अनलाइन बाट फम भर्न मिल्ने
प्रशासकीय अधिकृत सुर्यलाल बिकले बताउनुभयो ।प्रशासन बाट प्रत्येक शुक्रबार दिउँसो ३ बजे देखि अनलाइन फम भर्न लागि साइड खुल्ला रहने एकहप्ता भरि १६८ जनाले अनलाइन फम भर्न पाउने ब्यबस्था भएको विकले बताउनुभयो ।
अहिले एउटै ब्यक्तिले धेरै फम हाेल्ड गर्ने समस्या आएपछि प्रशासन कार्यालयले यो समस्या बारे केन्द्रमा जानकारी गराइसकेको छिट्टै समाधान निकाल्ने जनाएको छ ।