स्थानीय तहको निर्वाचनमा कस्तो जनप्रतिनिधि चाहन्छन् नगरबासी

-


     हिडन खबर    
     वैशाख २० गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिकाका आम मतदाता यसपटककाे निर्वाचनमा बागलुङ नगरपालिकाकाे विकास निर्माण लाई निषपक्ष भएर काम गर्ने अबको जनप्रतिनिधि खाेजेकाे हिडन खबर संग आफ्नो धारणा राख्नुभएको छ जसलाई हामीले पाठक माझ पस्केका छाै ।

मधु सुवेदी ब्यवसायी

समग्र रूपमा बागलुङ नगरपालिकाकाे विकासको लागि ध्यान दिने
बजारमा शुद्व पिउने खानेपानीकाे प्रवन्ध मिलाउने ,बजारमा हरेक बर्ष बाढीले दुख दिने गरेको छ यसलाई हल गर्ने जनप्रतिनिधि हुनुपर्छ भन्ने लाग्छ ।बजारमा अस्तब्यस्त ट्राफिक जामकाे समस्या पार्किङकाे समस्या लाई समाधान गर्ने भुमिका खेल्ने जनप्रतिनिधि नगरले खाेजेकाे छ ।

जयभद्र सापकोटा स्थानीय

जनप्रतिनिधि जनमुखी हुनुपर्ने ,जनताको सेवा गर्ने बागलुङ नगरपालिकाकाे समुच्च विकास गर्ने अबको जनप्रतिनिधि हुनुपर्छ ।
शिक्षा स्वास्थ राेजगार लगायत कृषि क्षेत्रमा बिशेश ध्यान दिएर जनताको जीवनस्तर माथि उठाउन मद्दत गर्ने योजना ल्याउने हुनुपर्छ भन्ने लागेको स्थानीय जयभद्र सापकोटाकाे धारणा छ ।

कृष्ण प्रसाद सापकोटा ब्यवसायी

अब आउने जनप्रतिनिधि विकास प्रेमी जनताको मन बुझेर जनताको भावना बुझेर निषपक्ष भएर काम गर्ने हुनुपर्छ,बागलुङ बजारका ब्यापारी ब्यवसायीकाे समस्या बुझ्ने समग्र बागलुङ नगरको भबिस्य उज्यालो बनाउने हुनुपर्छ भन्ने आफ्नो बिचार भएको बागलुङ बजारमा ब्यवसाय संचालन गर्दै आउनुभएका कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

आ‌ेमप्रकाश गाैतम कृष्ण

बागलुङ नगरपालिकामा अब आउने जनप्रतिनिधि जनताको इच्छा चाहना बुझेर नगरमा काम गर्ने खालको हुनुपर्छ ।बागलुङ नगर क्षेत्रमा अहिलेसम्म पनि कतिपय सानोतिनो काम समेत हुन नसकेको अवस्था छ यसलाई हल गरेर बागलुङ नगर लाई सुन्दर बनाउने जथाभावी रूपमा ब्यापारी माथि थाेपरेका कर लाई हटाउन अब आउने जनप्रतिनिधि हुनुपर्ने बागलुङका ब्यवसायी आ‌ेम प्रकाश गाैतमले बताउनुभयो ।