
default
बागलुङ फागुन २२
फागुन २१ गतेभएकाे प्रतिनिसभाकाे निर्वाचनको लागि सदरमुकाम बागलुङमा मतपेटिका आएको लामाेसमयपछि मतगणना गर्ने राजनीति सहमति भएपछि मतगणना कार्य अगाडि बढेको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा शुक्रबार दिउँसोदेखि मतगणना कार्य शुरू भएको हाे ।
क्षेत्र नम्बर १ बागलुङको मतगणना राजनीति पार्टीहरूले छुट्टाछुट्टै वडा अनुसार मतगणना गर्नुपर्ने अडान लिएको कारण मतगणना गर्न ढिलाइ भएको थियोे ।
बागलुङ क्षेत्र नम्बर २ काे मतगणना कार्यभने शुक्रबार बिहान १० बजेदेखि जारी रहेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले बताउनुभयो ।
९८ हजार ३८१ मतदाता रहेको बागलुङको क्षेत्र नम्बर १ मा ४९ हजार २४२ मतदाताले मतदान गरेका छन् ।बागलुङ क्षेत्र नम्बर १ मा ५०.१९ प्रतिशत मत खसेको छ ।
९५ हजार ३ सय ५३ मतदाता रहेकोमाबागलुङको क्षेत्र नम्बर २ मा ४७ हजार ५४७ मत खसेको छ ।बागलुङको क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचनमम ४९.८७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
बागलुङ क्षेत्र नम्बर २ काे मतगणना शुरू भएको छ अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका साेम शर्मा १०१४ नेपाली कांग्रेसका टेकराज पाैडेल र ज्ञामनाथ गैरे ४८० ले मत ल्याएका छन् ।मतगणना जारी रहेको छ ।बागलुङको क्षेत्र नम्बर २ मा राष्टिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।















