स्कुले नानीहरूलाई खुट्टामा जुत्ता

-


     हिडन खबर    
     वैशाख १९ गते २०७९ मा प्रकाशित


बागलुङ: समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका अध्यक्ष विजया राजभण्डारीले बताउनुभयाे ।

समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमा
यस वर्ष बालमन्दिर आधारभूत विद्यालयमा अध्ययन गर्ने १२० जना बालबालिकालाई जुत्ता, कपी ,पेन्सिल ,प्रदान गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयाे । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई लाई खुट्टामा जुत्ता कार्यक्रमले नयाँ उत्साह थप्ने यसले सामुदायिक बिद्यालयमा पढ्न आउन प्रेरणा मिल्ने विद्यालयका शिक्षकले बताउनुभयाे ।

काठमाडौ देखि बागलुङसम्म आएर जुत्ता र पोशाक वितरण गरेर राम्रो काम गरेको विद्यालयका अभिभावककाे भनाइ छ । बागलुङ सदरमुकाम सालमा बालमन्दिर आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुने गरेको छ ।

विद्यालयमा सरकारी र निजी स्राेतका गरि १३ जना शिक्षक कर्मचारीले सेवा दिएका छन् । सरकार र समुदायको लगानी भएको सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै सरोकारवाला निकायको भूमिका प्रभावकारी हुनुपर्ने धारणा कार्यक्रमका वक्ताहरूले राखेका थिए ।


बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहका अध्यक्ष बिजया लक्ष्मी राजभण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा बालमन्दिर आधारभूत बिद्यालयका शिक्षक सुवास आचार्य ,बागलुङ समाज कल्याण केन्द्र काठमाडौका सदस्य साेनी श्रेष्ठ ,बालमन्दिर आधारभूत बिद्यालयका प्रधानअध्यापक मिठु आचार्य ,लगायतका बक्तनहरूले धारणा राखेका थिए ।