
दिल–गंगा प्रधान स्मृति कोष बागलुङले १४ औं स्मृति सम्मान २०७९ बाट ४ जना शिक्षासेवी तथा समाजसेवी व्यक्तित्वलाई सम्मान गरिएको छ । कोषले संस्थाको १४ औं पुरस्कार र सम्मानबाट बागलुङ जन्म भै काठमाण्डौमा वस्दै आउनु भएका पुष्पमान श्रेष्ठ,विद्यामन्दिर माध्यमिक विद्यालयका निवर्तमान प्रधानअध्यापक जगन्नाथ आचार्य, काठेखोला गाँउपालिका ८ लेखानीका दिलबहादुर छन्त्याललाई नगद र दोसल्लाले सम्मान गरिएको छ ।
त्यस्तै १४ औं स्मृति सम्मानका लागि छनोट हुनु भएका धवलागिरी बहुमुखी क्याम्पसका पूर्व प्रध्यापक हाल काठमाण्डौ निवासी बालकृष्ण नेवा स्वास्थ्यको कारण कार्यक्रममा उपस्थित हुन नसकेको जनाइएको छ ।
विद्यामन्दिर माध्यमिक बिद्यालयमा कार्यरत स्वर्गीय शिक्षक दिलप्रसाद प्रधान र उनका श्रीमती स्वर्गीय गंगादेबी प्रधानको स्मृति परिवारले स्थापना गरेको कोषबाट हरेक वर्ष समाजसेवी ,शिक्षासेवी बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको छ ।
कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक डक्टर राप्रसाद उपाध्याय सम्मानित व्यक्तित्व पुष्पमान श्रेष्ठ,जगन्नाथ आचार्य,दिलबहादुर छन्त्याल,कोषका सल्लाहकार तथा लेखानी माविका प्रअ खिमानन्द कडेल,कर्णकुमारी देवी कुमारी स्मृति कोषका सचिव राजेन्द्र आचार्यले
दिल गंगा प्रधान स्मृति कोषले सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्नेलाई सम्मान गर्ने काम गरेर अरूलाई पनि राम्रो काम गर्ने प्रेरणा दिएको धारणा राखेका थिए ।
कार्यक्रममा सस्थाको बारेमा महेशचन्द्र प्रधान, सम्मानित व्यक्तिकोबारेमा महेशचन्द्र प्रधानले प्रकाश पार्नु भएको थियो । कार्यक्रम कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता संरक्षक दिपकचन्द्र प्रधानको स्वागत र सचिव अगम कुमार पालिखेको संचालनमा सम्पन्न भएको थियो ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राजभण्डारीले बागलुङमा स्वदेशी तथा विदेशी पर्यटक भित्राउनको लागि महायज्ञले महत्वपूण भूमिका खेल्ने बताउनु भयो ।












