सिस्नेमा प्रचण्डको विहानीवाकिङ, माल्यार्पण र स्थानीय घरमा खाजा

-


     हिडन खबर    
     फागुन ५ गते २०८२ मा प्रकाशित


रुकुम पूर्व, ५ फागुन
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गर्नुभयो। उहाँले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गर्नुभयो।

मतदाता भेटघाटका क्रममा प्रचण्ड मंगलबार बिहान वाकिङ गर्दै नेटामा रहेको सहिद पार्क पुगेका हुन्। त्यसपछि उहाँले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दूध ग्रहण गर्नुभयो।

वाकिङकै क्रममा संयोजक प्रचण्डले प्वाङ स्वास्थ्य चौकीको निरीक्षण पनि गर्नुभयो। आजै नायगाडमा आयोजना हुने चुनावी सभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रचण्डको पहिलो चुनावी सभा हुनेछ।