भिरबाट लडेर एकजनाको मृत्यु

-


     हिडन खबर    
     वैशाख १८ गते २०७९ मा प्रकाशित


बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिम निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँ घाँस काट्ने क्रममा भिरबाट लडेर ५१ वर्षीय दिलमणी थापाको मृत्यु भएको हो ।

घाँस लिएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते भएका थापालाई उपचारको लागि मेडिकलमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।