बागलुङ नगरपालिका वडा नम्बर ३ मा राेचक चुनावी राैनक

-


     राजनीतिक व्यूरो    
     वैशाख १८ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति नजिक आइरहेको छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा त्यति नै निर्वाचनकाे माहल बढ्दै गइरहेको देखिन्छ ।

बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा नम्बर ३ मा गठबन्धन राजनीतिदलको तर्फबाट नेपाली कांग्रेसका उमेदवार शनि केसी लक्ष्मण ,एमालेबाट कमल खड्का ,एकीकृत समाजवादी बाट पिङ्गल राज गाैतम ,र स्वतन्त्र बाट पुनम प्रसाद शर्मा ,र बाबुलाल शाक्य चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने लिखित सहमति भएपनि बागलुङ नगरपालिका भित्र भने एकीकृत समाजवादीले सम्मानजनक रूपमा स्थानीय तहमा भागबन्डा नपाएपछि वडा नम्बर ३ मा गठबन्धनको २ जना उमेदवार कायम भएको एकीकृत समाजवादीका एक नेताले बताए ।

वडामा महिला मतदाता २३८९ र पुरूष २१३८ जना गरि ४५२७ जना मतदाता रहेको वडामा यसपटक एमाले परित्याग गरि स्वतन्त्र उमेदवार बनेका छन् ।यस्तै माआ‌ेवादी केन्द्र बाट टिकट नपाएपछि
बाबुलाल शाक्यले पनि स्वतन्त्र उमेदवार बनेका हुन् ।माआ‌ेवादी केन्द्रका केन्द्रीय नेता देवेन्द्र पराजुली बागलुङ आएर शाक्यको उमेदवारी फिर्ता गराउने प्रयास गरेपनि त्यो सार्थक भने भएको देखिएन ।त्यस्तै नेकपा एमालेले पुनम प्रसाद शर्माको उमेदवारी फिर्ता गराउन लाख काेशिस गरेपनि सफल नभएपछि उमेदवारले चुनाव चिन्ह समेत पाइसकेका छन् ।

दुई पक्षीय भिडन्त हुने अनुमान गरिएको वडा नम्बर ३ मा यसपटक भने अनाैठाे र राेचक प्रतिस्पर्धा हुने अनुमान मतदाताले गरेका छन् ।