
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता चयन गरेको छ।
बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई जिम्मेवारी दिएको छ।
दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित पार्टीले नयाँ नेतृत्व टोली गठन गरेको हो।

















