
जिल्ला प्रहरी कार्यालय बागलुङले २५० किलो अवैध बहुमल्य जडिबुटी सहित १ महिला नियन्त्रणलाई नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिका १ मालढुङ्गामा चेकजाँचका क्रममा १० बोरा सुनाखरी जस्तो देखिने अबैध जडिबुटी सहित प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ की देवी के.सी.ले काठमाडौं लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बागलुङबाट काठमाडौं जाँदैगरेको बा ५ ख २७४५ नम्बरको बसमा चेकजाँचको क्रममा २ क्विन्टल २० केजी २ सय ३७ ग्राम बहुमुल्य जडिबुटीसँगै केसीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
नियन्त्रणमा लिइएको जडिबुटी प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय बागलुङमा पठाइने र पक्राउ परेका केसी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो ।










