
बागलुङ । पुस २६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङको जिल्ला अधिवेशनबाट विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
शुक्रबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा, सुरजबहादुर खड्का र पार्वती शर्मा चयन भएका छन् भने कोषाध्यक्षमा गंगाराम कँडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा निर्वतमान अध्यक्ष सुरेन्द्र खड्का, दिपक कुँवर, देवी प्रसाद कँडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कँडेल, भुमा कँडेल, चेतनारायण आचार्य, सुरजबहादुर भण्डारी, अञ्चल शाही, कृष्ण खरेल, शान्ता कुमारी चन्द, सचिन सापकोटा, ललितबहादुर क्षेत्री, केशव कार्की, सुरेन्द्र छन्त्याल र सुदिप गौतम रहेका छन् ।
कार्यसमितिको सचिव पद भने चयन हुन बाँकी रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
अधिवेशनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरू विन्दु पौडेल, देवी प्रसाद कँडेल, दिपक कुँवर क्षेत्री, शंकर खराल, बागलुङ क्षेत्र नं. १ (ख) का अध्यक्ष यज्ञप्रसाद सापकोटा तथा पूर्व पार्टी अध्यक्ष एवं केन्द्रीय सल्लाहकार समिति सदस्य टिकाराम सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको स्वागत मन्तव्य र सचिव विष्णु प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।














