माआ‌ेवादी केन्द्रका नेता आउदा पनि ताराखाेला गाउँ पालिकामा भएन उमेदवारी फिर्ता

-


     राजनीतिक व्यूरो    
     वैशाख १७ गते २०७९ मा प्रकाशित


बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन पार्टीले विवेक प्रयोग नगरि जथाभावी रूपमा टिकट दिएको भन्दै बागलुङ तारा खाेला गाउँ पालिकाका तत्कालीन गाउँ विकासका अध्यक्ष प्रकाश घर्तीले अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता गराउने प्रयास असफल भएको छ ।माआ‌ेवादी केन्द्रका नेता देवेन्द्र पराजुलीलाई माआ‌ेवादी केन्द्रले स्थानीय तहमा भएको विवाद मिलाउन आएका नेता रित्ताे हात फर्किएका छन् ।

पार्टीले ताराखाेला गाउँ पालिकामा धनबहादुर विक हिमाल लाई टिकट दिएपछि तत्कालीन अध्यक्ष घर्तीले अध्यक्ष पदमा स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए ।निर्वाचन अधिकृतकाे कार्यालयमा नाम फिर्ता लिने अन्तिम दिन आफ्नो उमेदवारी फिर्ता नलिएपछि नेता पराजुली बागलुङ बाट फर्किएका छन् ।

माआ‌ेवादी केन्द्रकाे नेतृत्वकाे गुटबन्दी र ब्यक्तिबादी प्रवृत्तिको कारण बागलुङ जिल्लामा यसपटकको स्थानीय तहकाे निर्वाचनमा गठबन्धनकाे नाममा  पार्टी लाई तहसनहस बनाउने काम गरेको भन्दै जिल्ला इन्चार्ज बिरूद्व नेता तथा कार्यकर्ताले बिराेध जनाउँदै आएका छन् ।ताराखाेलामा प्रकाश घर्तीकाे उमेदवारी पनि त्यसैको परिणाम हाे भन्ने माआ‌ेवादीका कार्यकर्ताकाे भनाइ छ ।