बैशाख १८ गतेदेखि कुँडुलेमा हुने श्री बृहद् ब्रह्मयज्ञको तयारी पूरा

-


     हिडन खबर    
     वैशाख १६ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म हुने बृहद् –ब्रह्मयज्ञको तयारी पुरा भएको छ ।

संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिने तयारी भइरहेको स्वामी ऋषि प्रपन्नाचार्यले हिडन खबर लाई बताउनुभयो । यज्ञको अवसरमा आउने धार्मिक तथा अन्तरिक पर्यटकको लागि शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वारमा बाघको आकृति झल्किने बाघको मुर्ति बनाएर धार्मिक पर्यटकलाई आकर्षित गर्ने खालको आकृति निर्माण गरिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो । करिव २० लाखको लागतमा बागलुङको स्थानिय पहिचान झल्कने गरि बाघको आकृति निर्माण गरिएको बताउनु भयो ।

नेपालको पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम,कालान्जरपर्वत ,कालीका,मालिका ,पन्चकोट आदि सुप्रसिद्व तिर्थस्थलहरूको मध्यभाग शालंकायन महर्षिको तपोभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यको जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूको प्रचारप्रसार ,वैदिक संस्कार संस्कृति संरक्षण गर्ने उदेश्यले श्री बृहद् ब्रह्मयज्ञ गर्न लागेको ऋषि स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

श्रीरंवैकटेश मुक्तिनारायण मन्दिर हाल नेपाली वास्तुशैलीमा श्रीराम अंकित गण्डकी शीलाद्वारा सुन्दर विशाल मन्दिर पुनर्निर्माण र अलौकिक शालीग्राम संग्रहालय भएको हुदा त्यसको समेत बृहत प्रचारप्रसार गर्ने उदेश्य रहेको प्रपन्नाचार्यले बताउनुभयो ।

बैशाख १८ गतेशोभायात्र अनुज्ञा प्रार्थना महायज्ञ समुदघाटन, १९ गते सामुहिक विष्णु याग एवं यज्ञ तथा पाठ परायण, २० गते शान्तिहोम भगवत् प्राण प्रतिष्ठा ,२१ गते भगवद् आराधना जलाधिवास, २२ गते भगवद्त आराधना धान्याधिवास, २३ गते भगवद् आराधना ,शैय्याधिवास ,नेत्रोन्मिलन भगवत् प्राणप्रतिष्ठा र बैशाख २४ गते अभिषेक ,कल्याणोत्सव पूर्णावती ,ब्रामह्मण र कर्ता सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

यज्ञमा सहभागीताकोे लागि प्राणप्रतिष्ठा महोत्सवको मूल कर्ता बन्न ५ लाख, सामुहिक विष्णुयाग कर्ताको लागि १० हजार, यज्ञशाला हवन कर्ताको लागि १ लाख ,श्रीमद् भागवत महापुराणको कर्ताको लागि २५ हजार ,ब्राह्मण भोजन एकदिनको लागि २५ हजार, वालभोग एकदिनको १५ हजार ,अष्टोत्तर अर्चनाको लागि ५ सय भेटी अर्पण गर्ने व्यवस्था आयोजकले गरेको छ ।