
बागलुङ, अक्टोबर ७ — सप्ताहव्यापी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा शनिबार मानसिक स्वास्थ्य सम्बन्धी सन्देशसहितको बाइक र्याली सम्पन्न भयो।
कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर बजार परिक्रमा गरे, जसमा मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। र्यालीको विशेषता भनेको ‘नो हर्न’ अभियान थियो, जसअन्तर्गत कम ध्वनि प्रदूषणमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने क्लब अध्यक्ष लायन राजेश भारी तथा सम्पूर्ण लायन लिडरहरूलाई कार्यक्रम संयोजक लक्ष्मण कार्कीले धन्यवाद ज्ञापन गरेका छन्।













