नेपाल प्रहरीका चार डिआइजी एआइजी पदका लागि सिफारिस

-


     हिडन खबर    
     असाेज १२ गते २०८२ मा प्रकाशित


काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

सिफारिस सूचीमा पहिलो नम्बरमा सुशीलसिंह राठौर, दोस्रोमा उमाप्रसाद चर्तुवेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथोमा डम्बरबहादुर बिक रहेका छन्।

राठौर प्रशासन विभागअन्तर्गतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्। चर्तुवेदी मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।

श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।

अब मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका चार डिआइजीलाई एआइजी पदमा नियुक्त गर्नेछ।