मालिका सेवा समाजद्वारा २० जना सेवा निवृत्त शिक्षकलाई सम्मान

-


     राजेशचन्द्र राजभण्डारी     
     असाेज १० गते २०८२ मा प्रकाशित


बागलुङ असाेज १०

२०७३ सालमा सामाजिक शैक्षिक खेलकुद र स्वास्थ लगायतका क्षेत्रमा सेवा गर्ने उदेश्यका साथ स्थापना भएको मालिका सेवा समाज बागलुङले बिजया दशमी तथा दिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकहरूलाइ सम्मान गरेको छ ।

बागलुङ सदरमुकाममा एक कार्यक्रम गरेर बागलुङको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएकाे भन्दै समाजले २० जना सेवा निवृत्त शिक्षकहरूलाई सम्मानपत्र नेपाली ढाका टाेपी रूद्राक्षयकाे माला लगाएर सम्मान गरिएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाकाे सामुदायिक बिद्यालयमा अध्यापन गराएर शैक्षिक सेवाकाे क्षेत्रमा भुमिका निभाएकाे हुदा समाजले सम्मान गरेको हाे ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्याल बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बिक्रम केसी
वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा ,
नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्य सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष टीकाराम सापकोटा गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा ,दुर्गा बहादुर कुवँर ,
निवृत्त शिक्षकको तर्फबाट दिननाथ शर्मा
कुडुले सेवा समाजका अध्यक्ष कृष्णप्रसाद आचार्य मालीका सेवा समाजका भीमबहादुर केसी  मालिका स्वास चाैकीका ईन्चाज बिलाशचन्द्र पाैडेल बागलुङ नगरपालिका वडा नम्बर ५ का निर्वतमान जनप्रतिनिधि कालिका सापकोटा लगायतका बक्ताहरूले समाज परिवर्तनको लागि शिक्षकको भुमिका महत्त्वपूर्ण रहेको बताउदै आज निवृत्त शिक्षकहरूलाई सम्मान गर्नु सकारात्मक काम भएको धारणा राख्नुभएको थियो । समाजलाई शिक्षाको माध्यम बाट शिक्षित गराउने महत्त्वपूर्ण भुमिका खेल्ने शिक्षकहरू समाजमा सबैभन्दा पछाडि पारिएको गुनासो बक्ताहरूले राखेका थिए ।

मालीका सेवा समाज बागलुङका अध्यक्ष जीवन नाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका काेषाध्यक्ष प्रकाश केसी  र समाजका काेषाध्यक्ष खडानन्द सापकोटा काे संचालनमा सम्पन्न भएको थियो ।

मालिका सेवा समाजले जेष्ठ नागरिकलाई घर घरमै गएर सम्मान बिद्यार्थी लाई शैक्षिक सामग्री वितरण
२३ परिवारलाई माहुरीकाे घार तथा माहुरी वितरण
बार्षिक क्यालेन्डर प्रकाशित बिद्यार्थी लाई पाेशाक वितरण गरिसकेकाे छ ।