
बाग्लुङ — GenZ बाग्लुङ समूहले एक विज्ञप्ति जारी गर्दै समूहको स्वतन्त्रता, मौलिकता र पारदर्शितामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। समूहले GenZ को नाममा गठन गरिएका कुनै पनि प्रादेशिक वा केन्द्रीय समितिमा सहभागी नहुने निर्णय लिएको छ।
समूहका अनुसार, स्थापना कालदेखि नै स्थानीय युवाहरूको आवाजलाई प्राथमिकता दिने उद्देश्यसहित अभियान अघि बढाइएको छ। त्यसैले, समूहका गतिविधि, कार्यक्रम तथा निर्णयहरू बाग्लुङमै केन्द्रित रहनेछन्। साथै, कुनै पनि बाह्य राजनीतिक वा संगठनात्मक संरचनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरिएको छ।
GenZ बाग्लुङ समूहले सबैलाई आह्वान गर्दै समूहको मौलिकता, स्वतन्त्रता र पारदर्शी उद्देश्यलाई अझ मजबुत बनाउन सहकार्यको आग्रह गरेको छ।









