मगर उत्थान समाज काठमाडौंको १३औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न

-


     हिडन खबर    
     असाेज ५ गते २०८२ मा प्रकाशित


काठमाडौं, नेपाल — मगर उत्थान समाज काठमाडौंको १३औं साधारण सभा तथा ७औं अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मगर संघका केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा निम्न पदाधिकारीहरू निर्वाचित भएका छन्:

नव निर्वाचित कार्यसमिति:

  • अध्यक्ष: चन्द्र ब. थापा मगर
  • बरिष्ठ उपाध्यक्ष: टेक ब. राना मगर
  • उपाध्यक्ष: निर्मला थापा मगर
  • महासचिव: कान्ता ब. थापा
  • सचिव: डम्बर थापा मगर
  • सह-सचिव: गीता राना मगर
  • कोषाध्यक्ष: सुन्दर आले मगर

सदस्यहरू:

  • बिर ब. चुहान मगर
  • चेत बहादुर मगर
  • बिन्दु कुमारी थापा
  • मिन ब. राना मगर
  • निर्मला घर्ती मगर
  • सुजीता आले मगर
  • बिर ब. राना मगर
  • सुरेन्द्र ब. थापा मगर

कार्यक्रममा मगर समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता, र भावी योजनाहरूको विषयमा गहन छलफल गरिएको थियो। नव निर्वाचित कार्यसमितिले मगर समाजको समुन्नतिका लागि प्रतिबद्धतापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।