
बागलुङ असाेज ४
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागलुङमा रहेका १२ लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा लायन वर्ष २०२५–२६ का लागि नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको थियो। लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाईले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीलाई अधिकार प्रत्यायोजन गरेपछि अधिकारीले पदस्थापन गराएका हुन्।
कार्यक्रममा निवर्तमान अध्यक्षहरूले लायन वर्ष २०२४–२५ मा सम्पन्न गतिविधिबारे जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्षहरूले आगामी वर्षका योजनाबारे जानकारी प्रस्तुत गरेका थिए।
डिष्ट्रिक्ट गभर्नर हुमागाईले लायन्स सदस्यहरूले समाजमा सकारात्मक चेतना फैलाउने कार्य गर्दै जनसेवामा समर्पित रहनुपर्नेमा जोड दिनुभयो। उहाँले लायन वर्ष २०२५–२६ लाई स्मरणीय बनाउने लक्ष्यसहित सबैलाई सक्रिय सहभागिताको आह्वान गर्नुभयो।
कार्यक्रममा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी ट्रिजा ढकाल, पूर्व गभर्नर राजेन्द्र कुमार वटाजु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको पहिलो चरण लायन्स क्लब अफ बागलुङ ब्लु सिपका वर्ष २०२४–२५ का अध्यक्ष रेशम आलेको अध्यक्षतामा तथा दोस्रो चरण लायन्स क्लब अफ बागलुङ प्रोफेशनलका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन डिष्ट्रिक्ट कोअर्डिनेटर अनुप रिजालले गर्नुभएको थियो भने सञ्चालन रिजन चियरपर्सन जुनु श्रेष्ठले गर्नुभएको थियो।
यस्तै बागलुङमा क्रियाशील ३ वटा लियो क्लबहरूकाे समेत
कार्यक्रममा पदस्थापन गरिएको थियोे ।















