
बागलुङ, २०८२ असोज १ — आज बिहान करिब १० बजे बागलुङ जिल्लाको जैमुनी नगरपालिका–८ छिस्तीस्थित कालिगण्डकी करिडोर सडकमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छिस्ती बागलुङबाट प्रहरी हवल्दार यादब बहादुर कार्कीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडक अवरुद्ध भएको स्थान प्रहरी चौकी छिस्ती बागलुङबाट करिब १०० मिटर उत्तरतर्फ पर्दछ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू पहिरो हटाउने कार्यमा जुटिरहेका छन्।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सम्बन्धित निकायबाट जानकारी लिएर यात्रा योजना बनाउन अनुरोध गरिएको छ।










