प्रचण्डद्वारा पार्टी कार्यालयको निरीक्षण तथा सहिदप्रति श्रद्धाञ्जली

-


     हिडन खबर    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै आगलागी र तोडफोडको घटनाबाट प्रभावित पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुग्नुभएको छ। उहाँले उक्त कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै जनयुद्ध तथा जेन–जेड आन्दोलनका क्रममा वीरगति प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

अध्यक्ष दाहालले पार्टीको ऐतिहासिक योगदान र सहिदहरूको बलिदानलाई स्मरण गर्दै कार्यालय पुनःनिर्माण तथा सुरक्षाका उपायहरूबारे समेत सरोकारवालासँग छलफल गर्नुभएको जनाइएको छ। पार्टीले घटनाको छानबिन गरी दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।