देशभर बाट भागेका मध्य ८ जना कैदी ,थुनुवा बागलुङमा पक्राउ

-


     हिड्न खबरदाता     
     भाद्र २९ गते २०८२ मा प्रकाशित



बागलुङ भदौ २९

भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनमा देशका विभिन्न कारागारमा कैद सजाय भाेगी रहेका कैदी बन्दीहरू जेल बाट भागेकोमा बागलुङमा ८ जना पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बालसुधार केन्द्र साराङकाेटमा थुनुवामा रहेका अभिषेक सुनार,राेजन खत्री
पूर्णलाल विक ,मिलन परियार चितवन कारागार बाट पर्शुराम खत्री , केन्द्रीय कारागार टेकबहादुर विक ,म्याग्दी कारागार जनक पुन र पाेखरा कारागार बाट भागेका बल बहादुर थापा लाई पक्राउ गरेको हाे ।

पक्राउ परेका ८ जना कैदी थुनुवा जबर्जस्ती करणी ,कर्तव्य ज्यान मार्ने उद्योग मा कैद सजाय भाेगीरहेकाहरू भागेर बागलुङ आएको सुचनाकाे आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका ४ जना थुनुवा लाई आजै बाल सुधार केन्द्र साराङकाेट पाेखरा पठाएकाे प्रहरीले जनाएको छ ।