सामाजिक संजाल फेसबुकमा लेखिएका बिचार

-


     हिडन खबर    
     वैशाख १५ गते २०७९ मा प्रकाशित


गर्मी माैसम संगै यतिबेला सामाजिक संजाल समेत अनेक थरि बिचारले ताती रहेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ सामाजिक संजाल पनि त्यहीँ गतिमा अगाडि बढेको देखिन्छ ।

हुनत सबै कुराकाे छिनोफानो राजनीतिले गर्छ भन्ने भनाइ आफ्नो ठाउँमा भएपनि अहिले शक्ति सक्ता पद प्रतिस्था हात पार्न राजनीति पार्टी भित्र सबै खालको चलखेल हुने गरेको कुरामा कुनै शंका छैन ।

यहीँ बिषयकाे सेरोफेरोमा रहेर सामाजिक संजाल फेसबुकमा संंचारकर्मि ,कानुन ब्यबसायी ,देखि आम नागरिकले अहिले भइरहेको स्थानीय तहको निर्वाचनमा पार्टी र नेताहरूले गरेको ब्यवहार र राजनीति प्रति ब्यग्य गर्दै आफ्नो बिचार ब्यक्त गरेका छन् ।हिडन खबरले त्यहीँ बिषय बस्तुलाइ आम पाठकहरू समक्ष पस्कने
प्रयास गरिरहेका छाै ।