
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान संसद विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको पदाधिकारीहरूको आकस्मिक भर्चुअल बैठकले उक्त निर्णयको विरोध गरेको हो।
बैठकले संविधानको व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णयप्रति पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष निकालेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो। बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै संविधानको व्यवस्था विपरीत संसद विघटनको निर्णय गरिएको भन्दै त्यसप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरेको छ।”
–










