
बागलुङ, भदौ १७ — बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ बास्टरीमा स्थानीय लोकगायक तथा शिक्षक डिल्ली पौडेलको मोटरसाइकलमा गए राति अज्ञात समूहले तोडफोड गरेको छ। पौडेलको घर नजिकै पार्किङ गरिएको ध १ प ७६८७ नम्बरको मोटरसाइकलमा व्यापक क्षति पुगेको छ।
पौडेलका अनुसार मोटरसाइकलको ब्रेक तार काटिएको, ऐना फुटाइएको, पाङ्ग्राको हावा फालिएको र चापी राख्ने भाग समेत नराम्रो संग बिगारिएकाे छ। माेटर साईकल “ त काम लाग्ने अवस्थामा छैन,” उहाँले भन्नुभयो।
उहाँले घटनाबारे कुस्मि सेरा प्रहरी चौकीमा उजुरी दर्ता गरिसक्नुभएको छ। पौडेलले जानकारी दिँदै भन्नुभयो, “गएको वर्ष पनि यस्तै प्रकृतिको तोडफोड भएको थियो। यसपटक पनि त्यही शैलीमा घटना दोहोरिएको छ।”
स्थानीयवासीले यस्ता घटना दोहोरिनु चिन्ताजनक भएको भन्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्। घटनाको अनुसन्धानका लागि प्रहरी सक्रिय भएको जनाइएको छ।









