बडिगाड गाउँपालिका वित्तीय सुशासन मूल्याङ्कनमा जिल्लामै प्रथम

-


     हिडन खबर    
     भाद्र १६ गते २०८२ मा प्रकाशित


बागलुङ — बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ।

जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ का योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीको अवसरमा बडिगाड गाउँपालिकालाई सम्मान गरिएको हो। कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेलले गाउँपालिका प्रमुख गण्डकी अधिकारीलाई कदर–पत्र प्रदान गर्दै वित्तीय सुशासनमा देखाएको उत्कृष्ट कार्यप्रति सराहना व्यक्त गर्नुभयो।

स्थानीय तह, सरकारी कार्यालय तथा गैर–सरकारी संस्थाहरूको समन्वयमा सञ्चालित कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा बडिगाड गाउँपालिकाले उत्कृष्टता प्रदर्शन गरेको जिल्ला समन्वय समितिले जनाएको छ।