
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
दशवर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन्’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’
पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् । पश्चिम बागलुङको वामपन्थी आन्दोलनमा महत्वपुर्ण भूमिका खेलेका उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि गठवन्धनमा माओदीका उम्मेदवारको पक्षमा थप जनमत वढेको भन्दै स्थानिय कार्यकर्ता उत्साहित भएका छन् ।









