
काठमाडौं, १८ अगस्ट २०२५ — लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाको पदस्थापना कार्यक्रम अत्यन्तै भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
लायन वर्ष २०२५–२०२६ का एरिया चिफ लायन शुसिल श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विभिन्न रिजन तथा जोनका पदाधिकारीहरूको औपचारिक पदस्थापन गरियो।
कार्यक्रममा रिजन चियरपर्सन लायन तमन्ना थापा सिंह र लायन राज्यश्री प्रधान्नाड्ग श्रेष्ठको संयोजनमा जोन चियरपर्सनहरू लायन काशीनाथ पन्त, लायन शशी प्रसाद भट्टराई, लायन कल्पना श्रेष्ठ तथा लायन सरोज बस्नेत अन्तर्गतका क्लबहरूका अध्यक्षहरूलाई जिम्मेवारी हस्तान्तरण गरियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन उत्कृष्ट रहेको थियो, जसको संयोजन लायन सुधा थापाले गर्नुभएको थियो।
कार्यक्रममा लायन वर्ष २०२४–२५ का अध्यक्षहरूलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरियो भने नव नियुक्त अध्यक्षहरूलाई आगामी वर्षको लागि शुभकामना र बधाई दिइयो। साथै, नव लायन सदस्यहरूको स्वागत गर्दै लायन्स परिवारमा समावेश गरियो।
दित्तिय भाइस गभर्नर लायन विष्णुहरि फुयालले कार्यक्रमको समापनमा सम्बोधन गर्दै लायन्स क्लब्सको सेवा अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नव नियुक्त पदाधिकारीहरूलाई जिम्मेवारीप्रति समर्पित रहन आग्रह गर्दै सामाजिक सेवामा निरन्तरता दिन प्रेरित गर्नुभयो।
कार्यक्रममा लायन्स क्लब्सका वरिष्ठ पदाधिकारीहरू, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामूहिक प्रतिबद्धता घोषणाले कार्यक्रमलाई अझ प्रेरणादायी बनायो।













