गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति गठन

-


     हिडन खबर    
     असार २२ गते २०८२ मा प्रकाशित


फोटोग्राफर संघ गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खामा कार्यक्रम सम्पन्न


२२ असार, पोखरा

गण्डकी प्रदेशका सक्रिय फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वरिष्ठ फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको छ।

कार्यक्रमका प्रमुख वक्ता तथा संघका अध्यक्ष नारायणबहादुर केसीले गोर्खा समितिको गठनसँगै संघले पूर्णता पाएको बताउँदै, अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा संगठित रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघका संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले फोटोग्राफर समुदायको व्यावसायिक एकता र संस्थागत आवश्यकताबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तथा महासंघका कोषाध्यक्ष तुलसीराम सुवेदीले संघको वैधानिक ढाँचा, संरचना तथा स्थानीयदेखि केन्द्रीय तहसम्मको सहकार्यको महत्वबारे जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्तबहादुर तामाङ, पर्वतका विजय शर्मा जैसी, तनहुँका आलोक कुमाल, नवलपुरका कुशल अधिकारी, स्याङ्जा र बागलुङ जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहभागी जिल्लाका अध्यक्षहरू र प्रदेश प्रतिनिधिहरूले नवगठित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

संघका महासचिव प्रेमप्रसाद पराजुलीले गोर्खा जिल्ला समितिको प्रस्तावित नामावली प्रस्तुत गर्नुभएको थियो, जुन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

गोर्खा फोटोग्राफर संघको नवगठित समिति यसप्रकार छ:

अध्यक्ष : रामप्रसाद भट्ट

उपाध्यक्ष : सबिन केसी

सचिव : सुकबहादुर नेपाली

सह–सचिव : पारस बोगटी

कोषाध्यक्ष : गणेश श्रेष्ठ

सदस्यहरू : सम्भु श्रेष्ठ, सजिन थापा, प्रमिला आले, सञ्जीत श्रीमल


कार्यक्रमको सञ्चालन सचिव सुकबहादुर नेपालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सबिन केसीले राख्नुभएको थियो।
नवगठित समितिलाई अध्यक्ष नारायणबहादुर केसीले खादा अर्पण गरी सम्मान गर्नुभएको थियो।

यसअघि संघले गोर्खाको बारपाकमा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरेको थियो।