
पुरूष १९०८५ र महिला २१३३३
बागलुङ नगरपालिका भित्रका मतदाताले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार पाएका छन् ।१८ बर्ष उमेर पुगेका बालिक मताधिकार भएका ४०४१८ जना मतदाता
रहेकोमा पुरूष मतदाता १९०८५ जना र महिला मतदाता २१३३३ जना रहेका छन् । अहिले फाेटाे सहितको मतदाता सुचिमा नाम भएका मतदाता मध्य २२४८ जना महिला मतदाता पुरूष भन्दा बढी रहेको तथ्यांक बाट देखिन्छ ।१४ वटा वडा रहेको बागलुङ नगरपालिका मध्य वडा नम्बर ११ मा मात्रै महिला मतदाता भन्दा पुरूष मतदाता २२ जना बढी देखिन्छ बाकी १३ वटा वडामा पुरूष मतदाता भन्दा महिला मतदाता नै बढी रहेको देखिन्छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ मा १७०५ जना मतदाता रहेका छन् जसमध्ये पुरूष ७७८ महिला ९२७ वडा नम्बर २ मा १७८७ जना मतदाता रहेकोमा पुरूष ८१८ महिला ९६९ जना वडा नम्बर ३
४५२७ मतदाता रहेकोमा पुरूष २१३८ महिला २३८९ वडा नम्बर ४ मा २७१० मतदाता रहेकोमा पुरूष १२४९ महिला १४६१ रहेका छन् ।यस्तै वडा नम्बर ५ मा २०८७ रहेकोमा पुरूष १०११ महिला १०७६ जना वडा नम्बर ६ मतदाता २२५३ जना रहेकोमा पुरूष १०८४ जना महिला ११६९ जना रहेका छन् ।वडा नम्बर ७ मा मतदाता ३१८७ जना रहेकोमा १४९९ महिला १६८९ जना वडा नम्बर ८ नम्बर मा २५२८ जना मतदाता रहेकोमा पुरूष ११७१ जना महिला १३५७ जना वडा नम्बर ९ मा मतदाता ३४०७ जना रहेकोमा पुरूष मतदाता १५६७ जना र महिला १८४० जना मतदाता रहेका छन् ।यस्तै वडा नम्बर १० मा ३१२० जना मतदाता रहेकोमा पुरूष १४९७ जना १८४० जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकाकाे वडा नम्बर ११मा १७३० जना मतदाता रहेकोमा पुरूष ९२६ जना र महिला ९०६ जना मतदाता रहेका छन् । वडा नम्बर १२ मा ४११२ जना मतदाता रहेकोमा पुरूष २०२० जना र महिला २०९२ जना मतदाता रहेका छन् ।वडा नम्बर १३ मा ४५२७ जना मतदाता रहेकोमा पुरूष २११५ जना र महिला २४१२ जना वडा नम्बर १४ मा २६३७ जना मतदाता रहेकोमा पुरूष मतदाता१२१२ जना र महिला १४२५ जना रहेको जनाएको छ ।









