नेपाली कांग्रेस बागलुङका पूर्व सभापति गोविन्दप्रसाद कडेलकाे निधन

-


     हिडन खबर    
     असार १५ गते २०८२ मा प्रकाशित


बागलुङ, १४ असार

नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद गोविन्दप्रसाद कडेलको आज असामयिक निधन भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

वि.सं. १९९५ साल पुस १० गते बागलुङको बिँकेटारमा जन्मनुभएका गिरीले २०१७ सालमा पार्टी सदस्यता प्राप्त गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। नेपालका बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँको अग्रणी भूमिका रहेको थियो।

वि.सं. २०४६ र २०६२/६३ का जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको र उहाँले पार्टीका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको पार्टीद्वारा जारी सूचनामा उल्लेख छ। उहाँको निधनले नेपाली कांग्रेसले एक समर्पित नेता गुमाएको बताइएको छ।

गिरीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि २०७८ असार १६ गते बिहान १० बजे बागलुङ नारायण चौतारास्थित निर्माणाधीन बीपी स्मृति भवनमा राखिने नेपाली कांग्रेस बागलुङले जनाएको छ।

त्यसपछि बागलुङ बजार हुँदै सेतीनदीसम्म शवयात्रा गरिनेछ र कालिगण्डकी नदीमा वैदिक संस्कारअनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जारी गर्नुभएको विज्ञप्तिमा पार्टी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।