नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा बुद्धिमाया पुन सर्वसम्मत निर्वाचित

-


     हिडन खबर    
     असार १५ गते २०८२ मा प्रकाशित


काठमाडौं असार १५

नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनबाट बुद्धिमाया पुन मगर सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएकी छन्।

शनिबार काठमाडौंको सौगात पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा तुलबहादुर पुन मगर, महिला उपाध्यक्षमा गायिका दिलु सलामी मगर, सचिवमा रोमु भुजेल मगर, कोषाध्यक्षमा लक्ष्मी पुन मगर र सह–कोषाध्यक्षमा ज्ञानु राना मगर चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा गीता काउचा मगर, रामु पुन मगर, ठगबहादुर काउचा मगर, दिलसरा काउचा मगर, याममाया श्रिष मगर, सन्ध्या मगर, गंगा छन्त्याल मगर, हेममाया श्रिष मगर, डम्बर बी. थापा मगर, कर्णबहादुर थापा मगर, हुमाबुढाथोकी मगर, धनमाया श्रिष मगर, किरण पुन मगर, दलबहादुर घर्ती मगर, चन्द्र राना मगर र दिलमाया राना मगर मनोनीत भएका छन्।

कार्यक्रममा बागलुङका १० वटै पालिकाका मगर समुदायका प्रतिनिधिहरू, नेपाल मगर संघ मातहतका जिल्ला अध्यक्षहरू तथा काठमाडौंमा बसोबास गरिरहेका विभिन्न पालिका तथा समाजका अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो।

अधिवेशन अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।