
बागलुङ —
बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित बतासेडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ५ः२५ बजे लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप बुर्तिबाङबाट सही खोलातर्फ जाँदै गर्दा सडकबाट करिब ५०–६० मिटर तल खसेको हो। दुर्घटनामा जिपका चालकसहित १४ जना सवार थिए।
घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बसन्त पाण्डेले जनाएको छ ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर, नौको मध्यम र एकको सामान्य रहेको छ।
दुर्घटना स्थल बुर्तिबाङबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्दछ।प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ।









